छुपुमा छुपु हिलोमा धान रोपेर छाेडाैला ,
बनाइ कुलो लगाइ पानी आएर गाेडाैला !
भनेर सानी पटुकी रातो बाधेर झरेकी ,
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोति झै खुलेकी ,
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ?
आज असार १५ राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना ! 🙏