दहेज प्रथा विरुद्ध आवाज
लेखक: राजु कुमार चौधरी
आज पनि किन चुप छ समाज?
किन दिन्छ छोरी सँगै धनको साज?
दुलही बनाउँदा उपहार होइन,
दहेज माग्नु त अपमान हो नि।
शिक्षा, संस्कार, सम्मान दिऊँ,
छोरीलाई कहिले बोझ नठानौं।
घरको इज्जत, उज्यालो बत्ति,
छोरी हो त्यो, काँचो गिलास होइन।
किन किन्ने-बेच्ने नजरले हेर्छौं?
हामी सभ्य, तर सोच पुरानो किन?
दहेज नहोस् नातामा गाँठो,
माया होस् सम्बन्धको साँचो।
छोरीलाई अधिकारको आधार दिऊँ,
आउँ, आजैदेखि परिवर्तन ल्याउने