Hindi Quote in Story by Raju kumar Chaudhary

Story quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in Hindi daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

कस्तो राम्रो सपना !👇

विजय कक्षा दुईको चकचके केटो हो । ऊ आफ्नो सामानको हेरविचार गर्दैन । ऊ लुगा पनि जथाभाबी फाल्छ । ऊ किताब पनि भुइँमा जथाभाबी फाल्छ । आज पनि विद्यालयबाट फर्केपछि उसले किताब फ्यात्त फाल्यो अनि खेल्न गयो । ऊ खेलेर धूलैधूलो भएर घर फर्क्यो । ऊ अबेला घर फर्क्यो । ऊ सरासर आफ्ना कोठामा गयो । उसका खुट्टाभरि धूलैधूलो थियो । विजयले अघि भुइँमा फालेको किताब कुल्च्यो ।

विजयले मनमनै भन्यो "ओहो ! के हो यो ?

हत्तेरी ! किताब पो रहेछ ! किताबको गाता पनि दोब्रियो ।

कस्तो नराम्रो, छि !” उसले किताबलाई ढोग्यो ।

बेलुका भात खाएर ऊ सुत्यो । सुत्नासाथ ऊ भुसुक्क निदायो । विजयले सपना देख्यो ।

विजय विद्यालय गइरहेको थियो । उसले बाटामा मानिसहरूको भीड देख्यो । केको भीड रहेछ, हेर्नुपर्यो भनेर विजयले विचार गर्यो । अनि ऊ पनि त्यस भीडमा पस्यो ।

भीडको बीचमा एउटा वस्तु रोइरहेको रहेछ । त्यो वस्तुलाई देखेर एउटा मानिसले भनिरहेको थियो "ओहो ! बिचरा ! घाइते भएको रहेछ ! हेर त, जीउभरि धूलैधूलो पनि छ । कसले यस्तो गरेको होला हगि ?"

भीडमा बसेको अर्को मानिसले भन्यो- "उसको मालिकले उसलाई जथाभाबी फाल्यो रे । अनि कुल्च्यो रे । कस्तो खराब मानिस रहेछ !" सबै मानिसहरूले भने-"कस्तो खराब मानिस रहेछ !"

एक जना मानिसले त्यो वस्तुको नजिकै गएर सोध्यो- “ए भाइ ! तिम्रो मालिक को हो ? ऊ कहाँ छ ?”

त्यो वस्तुले विजयतिर फर्केर भन्यो- "ऊ त्यो मानिस मेरो मालिक हो ।” भीडका सबैले विजयतिर हेरे । विजयलाई अचम्म लाग्यो ।

"म ? किन ? मैले केही पनि गरेको छैन ।" विजयलाई डर लाग्यो । त्यो वस्तुले रुँदै भन्यो-"केही पनि गरेको छैन रे ? मलाई हेर त, मलाई तिमीले नै यस्तो गरेका हौ ।”

त्यो वस्तु अरू केही होइन । विजयको किताब नै थियो । उसको किताब कच्याककुचुक भएको थियो । उसको किताब च्यातिएको थियो । मानिसहरू ऊसँग रिसाए- “यो केटो त खराब रहेछ ! फोहोरी रहेछ ! यसलाई पिट्नुपर्छ ।”

विजयलाई ज्यादै डर लाग्यो । ऊ डरले भाग्न लाग्यो । मानिसहरू पनि उसको पछिपछि दौडे । उसलाई लखेट्न लागे । उसलाई धेरै डर लाग्यो । ऊ डरले करायो - "ए बा ! ए आमा !

विजय झल्याँस्स बिउँझ्यो । उसले सपनाका सबै कुरा सम्झ्‌यो । आफूले किताबलाई जथाभाबी फाल्ने गरेको पनि सम्झ्यो ।

“म त खराब मानिस पो रहेछु ।” विजयले मनमनै भन्यो- "अबदेखि म किताबलाई जथाभाबी फाल्दिन । किताबलाई माया गर्छु । किताबको जतन गर्छ ।”

भोलिपल्ट बिहान विजय भात खाएर फटाफट विद्यालय गयो । सपनामा देखेको जस्तो भीड बाटामा थिएन । ऊ विद्यालय पुग्नासाथ गुरुआमाको कोठामा गयो । अनि उहाँलाई भेट्यो ।

विजय:"नमस्ते गुरुआमा !

गुरुआमा:"नमस्ते ! विजय, तिमी आज त चाँडै नै विद्यालयमा आएछौ नि । झोला पनि बोकेछौ ।”

विजय - "अबदेखि म सधैं चाँडै आउँछु । किताब टाँस्ने कुरा छ गुरुआमा ?"

मिस "किन र ?"

विजय -"मेरो किताब टाँस्न गुरुआमा । मेरो किताबको गाता च्यातियो । किताब पनि कच्याककुचुक भएको छ ।"

विजयले राती देखेको सपना गुरुआमालाई सुनायो । गुरुआमा "आहा ! तिमीले कति राम्रो सपना देखेछौ !"

विजय: “अब म किताबको जतन गर्छु । म कहिल्यै किताब फाल्दिनँ । म किताबलाई राम्रोसँग झोलामा राख्छु । च्यातियो भने टाँसिहाल्छु ।”

गुरुआमा: "स्याबास ! तिमी धेरै असल छौ । किताब-कापी फाल्नु हुँदैन । किताबकापी च्यात्नु पनि हुँदैन । साथीहरूलाई पनि भन है ? ल लेऊ टाँस्ने कुरा ।"

विजय टाँस्ने कुरा लिएर सरासर आफ्नो कक्षाकोठातिर गयो । उसले आफ्ना किताबहरू टाँस्यो ।
🙏🙏🙏🙏🙏🙏�

Hindi Story by Raju kumar Chaudhary : 112004537
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now