धनी र गरिब बीचको भेदभाव
गरिबले साइकल चढे भने — “बेइज्जत भएछ” भन्छन्,
धनिले साइकल चढे भने — “कसरत गर्दैछ” भन्छन्।
गरिबले फोहोर टिपे भने — “खाते” भनेर ठट्यौली गर्छन्,
धनिले फोहोर टिपे भने — “समाजसेवा गर्दैछ” भनेर ताली बजाउँछन्।
गरिबले मकै खाए भने — “जाबो मकै खाएर बाँच्ने” भन्छन्,
धनिले मकै खाए भने — “ओहो! कति स्वादिलो स्विट पपकर्न!” भन्छन्।
गरिबले फाटेको कपडा लाए भने — “बिचरा, लत्ताकपडा छैन” भन्छन्,
धनिले फाटेको लाए भने — “स्टाइलिश फेसन सो” भन्छन्।
गरिबले घरको आँगनमा तरकारी उमार्यो भने — “बिचरा बजारबाट किन्न सक्दैन” भन्छन्,
धनिले घरमै बगैँचा बनाएर उमार्यो भने — “कित्ता लगाएर अर्गानिक जीवनशैली” भन्छन्।
गरिबले धेरै बच्चा जन्मायो भने — “अशिक्षित भएकाले” भन्छन्,
धनिले धेरै बच्चा जन्मायो भने — “वंश विस्तारको वरदान” भन्छन्।
गरिबले देश बाहिर कमाउन गयो भने — “देश बेच्न गएको” भन्छन्,
धनिले देश बाहिर पढ्न गयो भने — “देशलाई भविष्यमा नेता दिने” भन्छन्।
यस्तो दुईतर्फी समाजको आँखाले हेर्ने दृष्टि नै सबैभन्दा ठूलो अन्याय हो।
गरीबी पाप होइन, तर गरिबलाई हेर्ने दृष्टिकोण पाप हो।
धनले हैसियत देखाउँछ, तर मूल्य, चरित्र र सत्यनिष्ठाले मात्रै मान्छेको असली पहिचान बनाउँछ।
जीवनमा न त गरिब हुनु लाज हो, न त धनी हुनु गर्व हो।
लाज त तब हो जब मान्छे भएर पनि मानवता हराउँछौं।
👉 त्यसैले, धनी–गरिब छुट्याएर होइन,
मान्छेलाई मान्छेको रूपमा हेर्ने समाज बनाऔँ।