English Quote in Romance by DeepU`Jung Shirpaili

Romance quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in English daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

जाडो२०७८...
🗣️मौसम सम्बन्धि जानकारी दिने समाचारमा त भनेकै थियो कि आज देखि एक हफ्ता सम्म अत्यधिक जाडो हुनेछ। हुनपनी आज तापक्रम हिजोको भन्दा घटेको छ। मेरा साथीहरूको भनाइमा जाडो हुनु भनेको मौसमले च्यालेन्ज गर्नु हो। र उनिहरु मौसमलाई च्यालेन्ज दिन शराबका बोतलहरुको कुमारित्व तोड्ने गर्छन्।

जाडो त म जस्तालाई भइरहेछ । मंसिरमा लगन जुराएर एकचिम्टी सिन्दुरमा ज्यान खरीद गरेका केटाहरू त तातो होलान्। अभागी नाथे त मै मात्र रहेछु । मंसिरको कोटामा परिएन। अब जाडो फागुन सम्म मेरो जीउभित्र छिरेर कहाँकहाँ काउकुती लगाउनेछ। सिरक डबल किनेको छु । ज्यान डबल नभएर के भो र ! कमसेकम सिरक त खप्टाएर सुतिन्छ।

भर्खरै अस्ति बिहे गरेको मेरो साथी दिपेशको याद आयो। उस्को बिहेमा सबभन्दा बढी नाचेको मै हुँला। उसलाई फोन गर्छु। रिङ लागेको त थियो, तर फोन उठाएन डाम्नाले। फेरि फोन लगाएँ। आठ रिङ जाँदामा पनि फोन उठाउंदैन त। एकदम मिल्ने साथी। एउटै खाटमा खुट्टा खप्टाएर सुत्ने साथी। एउटै मोजा पनि पालैपालो लगाइयो। खाना त एकैथालमा कतिपटक खाइयो, खाइयो । तर, आज उसले मेरो फोन उठाएन । रिस उठ्यो । चित्त पनि दुख्यो । भावुक भएँ। अनि म्यासेज लेखेँ- "छिटो उठा फोन।" एकछिनसम्म फोन आएन । यमबुद्दको 'तं कहाँ छस् साथी, म यहाँ सन्चै छु, तेरो याद आयो, तंलाई सम्झेर बस्दैछु' गीत सुनें । आँसु पनि तुरुक्क आयो। एकछिन मौन बसेँ।

फेरि फोन गरेँ। अब भने केटाले उठायो। गाली गर्दै भनेँ- "म भने त मुला साथी भनेपछि हुरुक्क। तेरो माया लागेर सम्झिए, तँ भने फोन नै नउठाउने। के भयो तलाइ यार? कहाँ छस्?"

उसले बिस्तारै भन्यो- "म ठिक छु यार। अहिले बुढीसंग छु।"

अब म पो आत्तिएं। उसले बिहे अस्ति मंसिर १४ गते मात्र गरेको। कुरा बुझ्नुपर्थ्यो मैले पनि ! एक वाक्य भनेर फोन कटाएँ,- "भाउजुलाई नमस्ते सुनाइदे है !"
|समाप्त
•लेखक :राजेश वि.क

Reply Version
https://m.facebook.com/story.php?story_fbid=pfbid02e3AVbPJtxyxnY9amoB2koewXA2N5HKTimaToFms9g58TLkKAiurEywsnRurmr5cZl&id=100002531367623

English Romance by DeepU`Jung Shirpaili : 111827482
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now